Incident Reports

वर्षीय बालकको मुखमा अज्ञात समूहद्वारा एसिड प्रहार

2017-05-22

Bagmati, Lalitpur, Bagmati

दक्षिण ललितपुरको प्युटारका एक बालकमाथि एसिड आक्रमण भएको छ। प्युटारकै श्री कालीदेवी माध्यामिक विद्यालयको २ कक्षामा अध्ययनरत ९ बर्षीय करण तामाङमाथि जेठ ८ गते अपरिचित समूहले एसिड आक्रमण गरेको हो। एसिड आक्रमणबाट घाइते उनको अहिले महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको उनका आफन्तले जानकारी दिए। अपरिचित समूहले करणको मुखभित्र एसिड खन्याएको थियो। मुखभित्र एसिड परेका कारण अहिले उनी बोल्न सक्दैनन भने जिब्रो र मुख पनि सुन्निएको छ। करणका दाई किरण तामाङका अनुसार जेठ ८ गते करण स्कूलबाट फर्किएपछि खेल्न भन्दै साथीहरुसँग बाहिर निस्केका थिए । खेल्न निस्कने क्रममा करणलाई तीन अपरिचित व्यक्तिले मुखमा एसिड हालेका थिए । करण अहिले इशाराका भरमा मात्रै कुरा गर्छन्। एसिड खन्याउने व्यक्ति कोहो भनेर अझै पत्ता लागेको छैन। ‘बच्चा बोल्न नसकेका कारण कसले मुखमा एसिड हालिदिएको हो भनेर खोज्न अप्ठेरो परेको छ,’ पीडित बालकका दाई किरणले नागरिकसँग भने, ‘आक्रमण भएको ठाउँ एकान्त भएकोले दोषिलाई समात्न सकिएको छैन।’ मुखमा एसिड हालिदिएपछि करण रुँदै घर आएको करणकी आमा कान्छीमाया तामाङले बताइन्। उनले तीनजनाको समूहले समातेर मुखमा एसिड हालिदिएको आक्रमण लगत्तै किरणले बताएको जानकारी दिइन्। ‘एसिड मुखमा परेपछि चिच्याउँदै घरमा आएको थियो,’ आमा कान्छिमायाले भनिन्, ‘दुइटै आँखा रातो र बोल्न सक्ने अवस्था नभएपछि तुरुन्तै अस्पताल पुर्‍यायौं तर बच्चा अहिलेसम्म पनि बोल्न सकेको छैन।’ उनले सुरुमा टीकाभैरब स्वास्थ्य चौकीमा लगेको र त्यहाँ पनि उपचार सम्भव नभएपछि पाटनअस्पताल हुँदै अहिले महाराजगन्जस्थित टिचिङ हस्पिटलमा उपचार भइरहेको जानकारी दिइन्। उपचार शुरु गरेको १३ दिन पुग्दापनि करण अझै बोल्न सक्ने अवस्थामा छैनन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार भने आएको छ। त्यसो त घटनाको बारेमा अझै प्रहरीले अनुसन्धान गर्न नसकेको भन्दै आफन्त असन्तुष्ट भएका छन्। करणका बुबा अष्टबहादुर तामाङले घटनालगत्तै प्युटारको प्रहरीलाई खबर गरेको बताए । ‘जसरी भएपनि दोषिमाथि कारवाही हुनैपर्छ,’ उनले भने, ‘हामीले चापागाउँ प्रहरी प्रभाग र जावलाखेल प्रहरी परिसरमा समेत खबर गरिसक्दापनि प्रहरीले कुनै अनुसन्धान गरेको छैन।’ बच्चा बोल्न नसकेकेको र आक्रमण हुँदा देख्ने व्यक्ति कोही नभएकोले अनुसन्धान गर्न अप्ठेरो परेको ललितपुरका प्रहरी प्रमुख ठूले राइले जानकारी दिए । ‘घटनाको अनुसन्धान गर्न हामीले प्रहरी परिचालन गरिसकेका छौं,’ उनले भने, ‘ढिलोचाडो दोषिमाथि कारवाही हुन्छ ।’ उनले घट्नाबारे बुझ्नका लागि बच्चासँग लिखित संकेत मागेको बताए। त्यसो त परिवारका सदस्यले कुनै रिसिइवी कारण यस्तो नभएको बताएका छन् । आफन्तका अनुसार करणको उपचारमा आर्थिक अभाव देखिएको छ । उपचार खर्च अपुग भन्दै उनीहरुले सहयोग माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports