Incident Reports

एमाले कार्यकर्तालाई आक्रमण गरेको आरोपमा काङ्ग्रेसका कार्यकर्ता गिरफ्तार

2017-06-02

Province 1, Terhathum, Myanglung, Ward 1

Bhagishwor Limbu स्थानीय तह निर्वाचनमा पार्टी प्रचारमा हिँडेका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले म्याङलुङ नगरपालिका-१ का नेकपा एमालेका कार्यकर्ता विवेक भगत प्रधानाङ्गलाई कुटपिट गरेको आरोपमा म्याङलुङ-९ बस्ने तीन जना युवालाई जेठ १९ गते गिरफ्तार गरेको छ । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले म्याङलुङ नगरपालिका-९ का २६ वर्षीय विकास लिम्बु, २६ वर्षीय सागर लिम्बु र १८ वर्षीय नविन लिम्बुलाई गिरफ्तार गरी घटनाको सुक्ष्म अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भागेन्द्रपुरुष ढकालले बताए । हेलमेट प्रहारबाट पीडितको अनुहार र टाउकोमा चोट लागेकोले जिल्ला अस्पतालमा जेठ १९ गते उपचार गरिएको छ । पीडित प्रधानाङ्गका अनुसार जेठ १९ गते सडकमा रोकी राखेको मोटरसाइकल सार्ने विषयमा विवाद भएपछि काङ्ग्रेसका कार्यकर्ताले हेलमेट प्रहार गरेर घाइते बनाएको पीडितको भनाइ छ । भगिश्वर लिम्बु
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments

Related Reports