Incident Reports

दुई बालिकाको शंकास्पद मृत्यु

2017-06-03

Bagmati, Chitawan, Madi, Ward 6

चितवनको माडी–६ रामराज्यपुरकी ११ वर्षीया दीपशिला परियार र १० वर्षकी दीपिका सुनारको शनिबार शंकास्पद मृत्यु भएको छ । दुईमध्ये एकको बलात्कारपछि हत्या गरिएको भन्दै पीडित परिवारले अधिकारकर्मीको पहलमा छानबिनका लागि आइतबार जिल्ला प्रहरीमा जाहेरी दिएका छन् । पोखरीमा डुबेको अवस्थामा दुवैलाई फेला पारे पनि बालिकाको शरीर, आँखा र यौनांगबाट रक्तस्राव देखिएको छ । यसलाई भवितव्य मृत्यु स्वीकार्न नसक्ने भन्दै पीडितले थप अनुसन्धानका लागि जाहेरी दिएको बताए । प्रहरीले घटनामा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ गरी अनुसन्धान थालेको जनायो । साथीसित पिकनिक गएका बेला दीपशिला र दीपिकालाई नजिक मजुवा पोखरीमा डुबेको अवस्थामा फेला पारी उद्धार गरिएको थियो । घटनापछि अनुसन्धान थालेर संलग्नको खोजी, पीडितलाई न्याय महसुस गराउन र कानुनी राज्य स्थापित गर्न प्रशासनसमक्ष मानव अधिकारकर्मीले आग्रह गरेका छन् । बालिकाको उद्धार गरी उपचाका लागि ल्याउँदै गर्दा एकको माडी र अर्कीको भरतपुरमा मृत्यु भएको प्रहरीले जनायो । दीपशिलाको आँखा, यौनांग र शरीरका केही भागमा चोट देखिएकाले घटना रहस्यमय बनेको हो । ‘डुबेको मानिसको लास ढाडिन्छ, पानी खाएको हुन्छ, त्यस्तो अवस्था पनि देखिएन,’ दीपशिलाका काका कुमार परियारले भने, ‘बलात्कारपछि हत्या गरी पोखरीमा फालिएको हुन सक्छ ।’ जिल्ला प्रहरीमा भेटिएका दीपिकाका बाबु दुर्गाले छोरीको मृत्यु डुबेर भएको भन्ने अवस्था नरहेको प्रतिक्रिया दिए । ‘प्रकृति हेर्दा कसैले आपराधिक घटना गराई पोखरीमा फालेको हुन सक्छ,’ आदर्श नारी विकास केन्द्रकी निमित्त अध्यक्ष मीना खेरलले भनिन्, ‘घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्छ भनेर दबाब दिएका छौं ।’ उनीलगायत एक दर्जन अधिकारकर्मी संघसंस्थाले घटना रहस्यमय भएकाले छानबिन माग गरेका छन् । प्रहरी प्रमुख एसपी दीपक थापाले दुवैको मृत्यु वा हत्या भन्ने विषयमा छानबिन गर्न प्रहरी निरीक्षक अञ्जना श्रेष्ठको नेतृत्वमा टोली गठन गरिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 2
Youth Killed 2
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Kaski , Local Newspaper - Saptari

0 Comments