Incident Reports

सुरक्षाभत्ता नबढाएको भन्दै सडक प्रदर्शन

2017-06-03

Bagmati, Kathmandu, Kathmandu

सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले आज प्रदर्शन गरेका छन् । अग्रज समाज नेपालसँग आबद्ध करिब २०० ज्येष्ठ नागरिकले मिनभवनस्थित सडक विभाग कार्यालय नजिकै सडकमै सुतेर करिब एक घन्टा प्रदर्शन गरेका थिए । ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा र उपचार खर्चमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने, कानुनबमोजिम ६० वर्ष पुगेपछि वृद्धभत्ता उपलब्ध गराउनुपर्नेलगायत माग राखेका छन् । समाजका अध्यक्ष महाप्रसाद पराजुलीले अहिले ज्येष्ठ नागरिकले पाइरहेको रु दुई हजारलाई बढाउने भनेर राजनीतिक दलका शीर्ष नेताले प्रतिबद्धता जनाउँदै आए पनि कार्यान्वयन नगरेको गुनासो गरे । स्थानीय तहका जनप्रतिनिधिले ज्येष्ठ नागरिकले पाउँदै आएको भत्ता बढाउन खोजे पनि सरकारले त्यसलाई रोक्न निर्देशन दिएको भन्दै पराजुलीले आपत्ति जनाए । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments