Incident Reports

सीमा क्षेत्रबाट ८ युवतीको उद्धार

2017-06-05

कञ्चनपुरको दोधारचाँदनी नाका हुँदै भारत लगिँदै गरिएका ८ युवतीको प्रहरीले उद्धार गरेको छ । भारत हुँदै वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक पठाउने भन्दै सीमा कटाइरहेको अवस्थामा सोमबार उनीहरूको उद्धार गरिएको हो । महेन्द्रनगरबाट मोटरसाइकलमा लैजाने क्रममा युवतीहरूलाई सीमा क्षेत्रबाटै दुवैतर्फका स्थानीयको सहयोगमा उद्धार गरिएको इलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक वीरदत्त पन्तले बताए । उनका अनुसार मोटरसाइकलमा भारततिर लैजाने व्यक्तिले नै प्रहरीलाई खबर गरेपछि उद्धार गर्न सकिएको हो । उद्धार गरिएका युवतीहरू नवलपरासी, मकवानपुर, सर्लाही र सुनसरीका छन् । उनीहरूको उमेर २० देखि ४० वर्षसम्म छ । दलालहरूले सबै युवतीलाई वैदेशिक रोजगारीका लागि दिल्लीबाट संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै सीमा कटाउन लागेको हुन सक्ने प्रहरीको अनुमान छ । उद्धार गरिएका युवतीहरूले पनि दिल्लीबाट यूएई जान लागेको बताएका छन् । युवतीहरूलाई सीमा कटाइरहेका बेला पक्राउ पर्ने युवक भने बाराका हुन् । थप अनुसन्धानका लागि उद्धार गरिएका युवती र युवकलाई जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी निरीक्षक पन्तले बताए । केही दिनयता गड्डाचौकी नाकाबाट दिनहुँजसो भारत हुँदै तेस्रो मुलुक जाने युवतीहरू रोकिन थालेपछि दलालहरूले नाका बदलेका हुन् । माइती नेपालले एक सातायता दिनहुँजसो भारत हुँदै तेस्रो मुलुक जाने युवतीलाई फर्काउँदै आएको छ । वैशाख र जेठमा मात्रै १६ युवतीलाई सीमा क्षेत्रबाट फर्काएर आफन्तको जिम्मा लगाइ घर पठाइएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन् । भारत हुँदै वैदेशिक रोजगारीका लागि यूएई, कतार, मलेसिया र किर्गिस्तान जान लागेका युवतीहरूलाई फिर्ता पठाइएको भट्टले बताइन् । वैशाख तेस्रो साता काठमाडांैदेखि दिल्लीसम्म सञ्चालन हुने बसमा भिक्षुको भेषमा भारततिर जाँदै गरेकी एक युवतीलाई समेत फिर्ता पठाइएको छ । ‘यो नाकामा रोकिएका अधिकांश युवतीलाई घरपरिवारकै सदस्यले सीमा कटाउन ल्याएका छन्,’ भट्टले भनिन्, ‘भेष बदलेर सीमा कटाउन प्रयास भइरहेको छ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 8
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Abducted 8
Female Abducted 8
National/Online Media

0 Comments