Incident Reports

घूस लिँदालिँदै अधिकृत पक्राउ

2017-06-07

गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाका दुई कार्यकारी अधिकृतलाई घूस लिँदालिँदै अख्तियार कर्मचारीले मंगलबार दिउँसो पक्राउ गरेका छन् । कमलामाई नगरपालिका ६ को स्टल बजारमा रहेको एक पसलबाट गोलन्जोर गाउँपालिका अधिकृत भोला आलेमगरलाई एक लाख ५१ हजार र फिक्कल गाउँपालिका अधिकृत सतिशकुमार भट्टराईलाई ९० हजार नगदसहित अख्तियार महोत्तरी कार्यालयले नियन्त्रणमा लिएको हो । अख्तियारका प्रहरी प्रमुख मुकेश सिंहसहितको टोलीले ती दुवैलाइ ध्रुव इलेक्ट्रोनिक्स पसलबाट पक्राउ गरेको थियो । गाउँपालिकामा सोलार जडानका लागि चेकबाट भुक्तानी गरी उनीहरूले नगद लिएका थिए । जिविसका अनुसार गाउँपालिकाको पूर्वाधार विकासका लागि एकमुष्ट अनुदान सोझै कोलेनिकामार्फत गएको थियो । सोही रकममध्येबाट ५,५ लाख गाउँपालिका कार्यालयमा सोलार जडान लागि छुट्याइएको थियो । सोही रकममा सोलार खरिदका लागि ध्रुव इलेक्ट्रोनिक्सलाई ती दुवै गाउँपालिका अधिकृतले सम्झौता गरेका थिए । सोलार खरिदको कमिसनबापत उक्त रकम बुझै गर्दा अख्तियार कर्मचारीले रंगेहात नियन्त्रणमा लिएका हुन् । सुराकीको आधारमा घूस लिएको नगदसहित अख्तियारले नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक सिंहले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis