Incident Reports

असारमा बिहे गर्ने सल्लाह ! गर्भपतन गरेको भन्दै ‘प्रेमिका’को हत्या

2017-04-21

Bagmati, Kathmandu, Kathmandu, Ward 5

सञ्चिता तामाङको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकका ‘प्रेमी’ प्रशान्त तामाङ छन् । रामेछाप रस्नालुकी २३ वर्षीया सञ्चिता बैशाख ८ गते गंगाहिटीस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । अनुसन्धानका क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दोलखा पैतेश्वरका प्रशान्तलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रशान्त र सञ्चिताको झण्डै दुई वर्ष पहिले चिनजान भएको र हाल प्रेमसम्वन्ध रहेको थियो । उनीहरुको नियमित भेटघाट हुनुका साथै विभिन्न ठाउँमा घुम्न जाने गरेका थिए । केही महिनाअघि मात्र प्रशान्तले कोठा खोजेर सञ्चितालाई राखेका थिए र भाडा आफैंले तिर्थे । उनी पनि सञ्चिताको कोठामा बस्ने र बेलाबेला खर्च दिने गरेका थिए । उनीहरुबीच असारमा विवाह गर्ने सल्लाह भएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, सञ्चिता गर्भवती भइन् । प्रशान्तले बच्चालाई जन्म दिन चाहेका थिए । तर, सञ्चिताले आफूले बच्चा गर्भपतन गरेको बताएपछि उनीहरुबीच विवाद भयो । त्यही क्रममा प्रशान्तले घाँटी थिचेर हत्या गरेको खुलेको छ । हत्यापछि सञ्चिताको शव कोठामा छाडेर भागेका प्रशान्तलाई दोलखा प्रहरीको सहयोगमा पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि गौशाला वृत्त पठाइएको अपराध महाशाखाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Jhapa

0 Comments

Related Reports