Incident Reports

नेपाल कम्युनिष्ट पार्टीका १२ जना नेता तथा कार्याकर्ता गिरफ्तार

2017-06-07

Lumbini, Pyuthan, Mandavi, Ward 1

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १२ जना नेता तथा कार्याकतालाई प्रहरीले जेठ २४ गते गिरफ्तार गरेको छ । माण्डवी गाउँपालिका-१ तिराममा पार्टी कमिटीको बैठक बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । गिरफ्तारमा पर्नेहरूमा पार्टी केन्द्रिय सदस्य तथा राप्ती व्युरो इञ्चार्ज सुवास बाठामगर, केन्द्रिय सदस्य बन्धु चन्द र असल खड्कालगायत नेता तथा कार्यकताहरू गिरफ्तार परेको पार्टीले जनाएको छ । गिरफ्तार पर्नेहरूको नाम पहिचान नभए पनि चुनाव विरोधी गतिविधि भइरहेको सूचनाका आधारमा १२ जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जितसिंह राठौरले बताए । गिरफ्तार परेकाहरूलाई सदरमुकाम खलङ्गा ल्याउने तयारी भइरहेकोले सो पछि मात्र नाम, ठेगाना र पद पहिचान हुने डिएसपी राठौरले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports