Incident Reports

हिरासतमा यातना

2017-05-01

Province 1, Jhapa, Birtamod

मानव अपहरण तथा बन्धक अभियोगमा पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले हिरासतमा शारीरिक यातना दिएको दावी गरिएको छ । अपहरण संलग्न रहेको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार समेत रहेका तेजेन्द्र न्यौपानेले आफुहरुमाथि 'टर्चर' भएको दावी गरेका हुन् । मंगलबार म्याद थपका लागि जिल्ला अदालत झापामा लगिएका बेला न्यायधिश बाबुकाजी बानियाँ समक्ष उनले आफूमाथि 'टर्चर' भएको बताएसंगै संगै प्रहरी हिरासतमा उनीहरुलाई यातना दिएको रहस्य बाहिर आएको हो । न्यौपानेले न्यायाधिशलाई आफुलाई 'टर्चर' भएको बताएपछि 'च्याम्बर'मा न्यौपानेको अवस्थाको बारेमा अवलोकन गरेपछि जाँचेर रिपोर्ट ल्याउन आदेश दिइएको थियो। सोहि बमोजिम जिल्ला प्रहरीले मंगलबार राति नौ बजे मेची अंचल अस्पताल पुर्याएर घाउजांच गराएको छ । मेची अंचल अस्पतालमा स्वास्थ्य परिक्षणका लागि बेलुकै लाने भनिए पनि प्रहरीले संचारकर्मी र उनका आफन्तले थाह पाउने भन्दै राति मात्र लागेको श्रोतले बताएको छ । यता प्रहरी हिरासतमा रहेका न्यौपानेले 'मलाई मात्र होइन,अन्यलाई पनि चरम यातना दिएको छ।' 'अरुले भोलि झन् यातना दिन्छन भनेर डराएर भन्न सकिरहेका छैनन्'-न्यौपानेले न्यायाधिश समक्ष भनेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
Local Newspaper - Jhapa

0 Comments