Kedar Tiwari, District Education Officer and Nawal Kishor Dev, Engineer were arrested with the bribe money by the CIAA on Thursday.
They were arrested for taking a bribe of Rs 70 Thousand from the customer. District Education Officer was arrested with Rs 50 Thousand whereas the engineer was arrested with Rs 20 thousand.
जिल्ला शिक्षा कार्यालय, पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी इन्जिनियर नवलकिशोर देवलाई घूसको रकमसहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । सेवाग्राहीसँग रु ७० हजार घूस लिएको आरोपमा दुवैजनालाई आयोगको टोलीले पक्राउ गरेको हो । जिल्ला शिक्षा अधिकारीबाट रु ५० हजार तथा इन्जिनियर नवलकिशोर देवबाट रु २० हजार घूसको रकम अख्तियारको टोलीले बरामद गरेको थियो ।
श्री नेराप्रावि मैनपुरमा निर्माणाधीन तीन कोठे भवनको फाइनल विल पास गर्नको लागि सो रकम लिएको कसूरमा उनीहरुलाई आयोगको टोलीले पक्राउ गरेको थियो । श्री नेराप्रावि मैनपुरमा निर्माणाधीन तीन कोठे भवन बनाउन रु १९ लाख ५० हजार जिशिकाले निकासा गरेको थियो ।