Incident Reports

श्रीमतिको शंकास्पद मृत्यु, श्रीमान् प्रहरीको नियन्त्रणमा

2017-05-15

Lumbini, Kapilbastu, Shivaraj, Ward 10

जिल्लाको शिवराज नगरपालिकामा - १० इस्लामनगरमा एक महिलाको शंकास्पद रुपमा मृत्यु भएको छ । नरेश मुराउकी २८ वर्षीय श्रीमति गुडिया मुराउको सोमबार दिउँसो ३ बजेतिर भएको मृत्यु शंकास्पद रहेको प्रहरीले जनाएको छ । आफ्नै घरको छतबाट खसेर मृत्यु भएको भन्दै मृतक महिलाको परिवारले वडा प्रहरी कार्यालय चन्द्रौटमा खबर गरेका थिए । घटनाका बेला मृतक महिलाका श्रीमान् घरमै थिए । स्थानीयका अनुसार मृतक महिलाको शरीरमा निल डामहरूसमेत रहेका छन् । प्रहरी नायब उपरीक्षक प्रल्हाद अधिकारीले महिलाको मृत्यु अस्वाभाविक देखिएकाले उनको श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । महिलाको शव अझै घटनास्थलमै रहेको छ । अझै किटानी जाहेरीसमेत नपरेको र घटनाको अनुसन्धान भईरहेकोले केहि भन्न नमिल्ने अधिकारीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Rupandehi

0 Comments