Incident Reports

काङ्ग्रेस कार्यकर्ताको कुटपिबाट नेकपा एमालेका कार्यकर्ता घाइते

2017-06-09

Karnali, Humla, Adanchuli, Ward 1

Nanda Singh नेकपा एमालेका कार्यकर्ता अदानचुलि गाउँपालिका-३ का २२ वर्षीय कमल नेपाली, ३४ वर्षीय मोहन फडेर र सोही गाउँपालिका-२ का ३४ वर्षीय प्रमोद बोगटी, २० वर्षीय बसन्त बोगटी र २५ वर्षीय कले महतारालाई वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा आफूलाई मतदान नगरेको आरोपमा सोही गाउँपालिकामा काङ्ग्रेसको अध्यक्ष पदका उम्मेदवार ३८ वर्षीय लोकेन्द्र भण्डारीको नेतृत्वको टालीले जेठ २६ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । सोही गाउँपालिका-१ को थापा गाउँमा भएको दशरा पुणिर्माको मेला हेर्न गएपछि कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । कमल नेपाली र मोहन फडेराको अनुहारलगायत टाउकोमा चोट लागेपछि स्थानीय स्तरमा उपचार भइरहेको आफन्त दल फडेराले बताए । काङ्ग्रेस पार्टीका उम्मेदवारले निर्वाचनमा हारेको निहुँमा कुटपिट गरेको बुधे भण्डारीले आरोप लगाए । घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको माग गर्दै पीडित पक्षले श्रीनगर प्रहरी चौकीमा जेठ २७ गते उजुरी दिएको छ । उजुरीपछि दुवै पक्षलाई उपस्थिति गराई छलफल गर्ने श्रीनगर प्रहरी चौकीका इञ्चार्ज मोहन रावलले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth youth
Youth Killed 3
Total Injured 5
Election-related cause primary
INSEC

0 Comments

Related Reports