Incident Reports

प्रहरीबाटै महिला म्यादी प्रहरीमाथि यौन दुुर्व्यवहार भएको आरोप

2017-06-08

महिला म्यादी प्रहरीले प्रहरीबाटै आफूहरुमाथि यौन हिंसा भएको आरोप लगाएका छन् । यस संवाददाताको सम्पर्कमा आएका पीडित म्यादी प्रहरीले कानूनको पालना गराउने निकायबाटै यौन हिंसा गरिएको भन्दै आक्रोश पोखे । बनेपामा ब्याचलर पढ्दै गरेकी मिना लामा (नाम परिर्वतन) पढार्ई खर्च जुटाउनकै लागि म्यादी प्रहरीमा भर्ना भइन् । भर्ना भएसँगै उनी प्रहरीका केही उच्च पदस्थ कर्मचारीको यौन हिंसाको शिकार भइन् । प्रहरीबाटै यौन हिंसा होला भन्ने कहिलै नसोचेकी लामाले अहिले आफूले व्यर्थै जागिर खाएछु भनि पश्चाताप भइरहेको बताइन् । स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना गरेको थियो । आकर्षक तलब पाउने आशामा भर्ना भएका महिला म्यादी प्रहरी प्रहरीबाटै दुरव्यवहार खोप्नु पर्छ भन्ने कहिलै नसोचेको बताउँछन् । तर अहिले ठिक उल्टो भएको पिडितहरुले बताए । बनेपामा डेरा गरी ब्याचलर पढदै गरेकी २४ वर्षीय (रिना थापा) नाम परिर्वतन पनि ड्युटीकै समयमा आफ्नै हाकिमबाट यौन दुरव्यवहारमा परिन् । सुरु सुरुमा त उनले यसलाई सामान्य रुपमै लिइन् तर एक दिन राती सुतिरहेको समयमा हाकिमले बलात्कार गर्ने प्रयास नै गरेपछि भने उनलाई आफ्नो अस्मिता रक्षा गर्नै धौधौ पर्यो । ‘राति बल्ल बल्ल फुत्किएँ अब जागिर जान्नँ’ उनले पिडा सुनाइन् । ‘पढाई खर्च होला भनेर जागिर खाएँ तर त्यहाँ त इज्जत नै बाँकी नरहने भो त्यसैले जागिर छोड्छु’ उनले थपिन् । काभ्रेमा पछिल्लो समय म्यादी प्रहरी माथि भएका यौन हिंसाका घटनाहरु विस्तारै बाहिर आउन थालेका छन् । कतिपय घटनाहरु भने भित्र भित्रै मिलाएर साम्य पारिएको स्रोत बताउँछ । कतिपय घटनामा आर्थिक प्रलोभन देखाएर मिलाउने गरिएको छ भने कतिपय घटनालाई धम्काएरै बाहिर आउन दिइएको छैन । यस विषयमा जिल्ला प्रहरी कार्यलका डिएसपी नविन राईसँग बुझ्दा आफूकहाँ अहिलेसम्म कुनै उजुरी नपरेको बताए । सामान्य मानिसहरुले त प्रहरीकोमा उजुरी गर्नु पर्छ भने अझ प्रहरीमै जागिर खाएर पिडित हुनु भनेको लज्जास्पद हो भन्दै उनले उजुरी परे तत्काल कार्वाही गर्ने बताए । काभ्रेमा साढे ३ सय ५० महिला म्यादी प्रहरी छन् । जसमध्ये १ सय जनाले जागिर छोडिसकेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments