Incident Reports

No translation available.

2013-05-27

Arjun Basnet झापा । जेठ १३ गते जिल्ला कारागार झापामा रहेका कैदी बन्दीहरूसँग आन्तरिक प्रशासनका चौकीदार तथा नाइकेले अवैधानिक रुपमा चन्दा सङ्कलन गर्ने गरेका छन् । कारागारमा रहेको खानेपानीको बिल, बिजुलीको बिल तिर्न तथा दर्ता शुल्कको नाममा पुर्पक्ष तथा सजायको लागि जेल पठाइएकाहरूलाई जनही १ देखि ३ हजारसम्म रुपियाँसम्म शुल्क लिने तथा शुल्क नदिए शारीरिक र मानसिक यातना दिने गरेको एक बन्दीले बताए । त्यस्तै जेलबाट थुनामा रहेका कैदी बन्दीहरूलाई आफ्नो अभिभावकहरूसँग फोन मार्फत जबरजस्ती पैसा माग्न लगाई सो पैसा चौकीदार र नाइकेहरूले लिने गरेको बन्दीका आफन्तजनले बताए । झापा कारागारमा विगत ६ महिना अघिदेखि चन्दा आतङ्क मच्चाएको खबर पटक पटक बाहिर आइरहेको छ । २ सय क्षमता रहेको यस कारागारमा हाल ५ सय भन्दा बढी कैदी बन्दीहरू रहेका छन् । झापा कारागारका जेलर सुजन फागोलाई घट्नाको जानकारी गराउँदै वास्तविकता बुझ्न फोन सम्पर्क गर्दा विस्तारै कुरा बुझौँला भन्दै हल्कारुपमा प्रस्तुत भइ गैरजिम्मेवारीपूर्ण जवाफ दिएका थिए । आन्तरिक प्रशासनका चौकीदार रञ्जित राईले पुस्तकालयको लागि सदस्यता शुल्क ३ सय ५० रुपियाँ लिने नियम रहेको र सो को अलवा कुनै रकम नलिने गरेको बताए । गत महिना कारागारको महिला तर्फको कारागारमा कैदी बन्दीहरूलाई चरम मानसिक र शारीरिक यातना दिइएको विषयमा उजुरी परेपछि राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय विराटनगरले स्थलगत अध्ययन गरी यातना हुने गरेको ठहर गरेको थियो । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis