Incident Reports

Locals, Police clash in Mahottari over gang rape incident

2017-06-11

Madhes, Mahottari, Aurahi, Ward 2

Clash erupted between locals and police at Aurahi Rural Municipality-2, when locals tried to attack a 22-year old man, accused of raping a 19-year-old girl on Sunday night. Police fired five rounds of bullets to take situation under control. महोत्तरीको औरही गाउँपालिका-२ मा गएराति स्थानीय र प्रहरीबीच झडप भएको छ । गाउँकी एक युवतीलाई सामूहिक बलात्कार गरेको विषयमा प्रहरी र स्थानीयबीच झडप भएको हो । स्थितिलाई नियन्त्रण गर्न प्रहरीले ५ राउन्ड हवाइफायर गरेको थियो । युवतीमाथि बलात्कार भएको र बलात्कृत युवतीलाई उद्दार नगरी प्रहरीले पीडकलाई 'उद्दार' गरेको भन्दै स्थानीयले गएराति करिव ९ बजे औरही प्रहरी चौकी घेर्न पुगेका थिए । उल्लेख्य संख्यामा आएका महिलाहरु प्रहरी चौकी भित्रै पस्न खोजेपछि प्रहरीले रोकेको थियो । प्रहरीले रोकेपछि स्थानीय आक्रोशित भइ प्रहरीमाथि ढुंगामुढा गरेका थिए । ढुंगाले ४ जना प्रहरी घाइते भए भने केही गाउँले पनि घाइेत भएका छन् । महोत्तरका एसपी राजकुमार लम्सालका अनुसार झडप राति ११ देखि करिव १ बजेसम्म चलेको थियो । प्रहरीले थप हिंसा नहोस भनेर ५ राउन्ड हवाइ फायर गरेको लम्सालले जानकारी दिए । राति नै स्थानीयले बर्दिबास-जलेश्वर सडकखण्ड बन्द गरेका थिए । पीडित युवतीलाई राति नै जनकपुर अस्पतालमा उपचारको लागि पठाइएको र उपचारपछि घर ल्याइएको स्थानीय वीरेन्द्र यादवले जानकारी दिएका छन् । उनका अनुसार पीडित युवती बोल्न सक्ने अवस्था छिन् । अहिले उक्त सडक सामान्य बनेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Sexual Assault
Weapons Blunt weapon
Primary Cause Extra-judicial response to crime
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 25
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
National/Online Media , Other Sources

0 Comments