Temporary police in Lalitpur are on protest. They came to streets of Lalitpur on 6th June, Tuesday, claiming to not have received the exact amount of salary designated by the decision of cabinet of minster. The protesting temporary police who were intending to go to Singhadurbar from Jawalkhel were stopped by Metropolitan Police Circle in Pulchowk. They were returned to Metropolitan Police Circle of Jawlakhel. The temporary police were protesting with slogans like "Stop Institutional Corruption".
According to them though their duty has been finished on June 1 they are still being made to work without providing them their actual amount of salary.
मन्त्रिपरिषद्को निर्णयअनुसार तोकिएको तलब नपाएको भन्दै ललितपुरमा कार्यरत म्यादी प्रहरीहरु सड्कमा उत्रिएका छन् । मंगलबार मध्यान्ह जावलाखेलबाट सिंहदरबारतर्फ जाने भन्दै आन्दोलनमा उत्रिएका म्यादी प्रहरीहरुलाई महानगरीय प्रहरी प्रभाग पुल्चोकले रोकेको थियो ।
पुल्चोकबाट ‘एसएसपी साबसँग कुरा गराउँछौ’ भन्दै इन्सपेक्टरको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई महानगरीय प्रहरी परिसर जावलाखेल फर्काएको थियो ।
म्यादी प्रहरीहरुले ललितपुर प्रहरीबिरुद्ध नाराबाजी गर्दै ‘संस्थागत भ्रष्टाचार बन्द गर्न’ आग्रह गरेका थिए ।
जेठ १८ गतेदेखी आफुहरुको कार्यकाल सकिएपनी सरकारले तोकेअनुसार पैसा नदिएर ड्युटीमै खटाएको भन्दै उनिहरुले ललितपुर प्रहरी प्रमुख (एसएसपी) ठूले राई बिरुद्ध आक्रोश पोखेका थिए ।
‘हामी बच्चा छाडेर ड्युटीमा खटियौं’ एक महिला म्यादीले भनिन्, ‘अनि हामीले तोकेको तलब किन नपाउने ?’
सञ्चार माध्यममा ५५ दिनको तलव सुविधा ५१ हजार, पोशाक बापत ७ हजार १ सय, खाजा खर्च र भत्ता छुट्टै आउँछ भनेर उल्लेख गरिएको भए पनि ललितपुर प्रहरीले ३१ हजार मात्रै दिएको म्यादी प्रहरीहरुले आरोप लगाएका छन् ।
यसरी बर्दीमै सड्कमा उत्रिएका म्यादी प्रहरीहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरका एसपी अशोक सिंहले भने धम्क्याएका छन् । उनले थुन्ने सम्मको धम्की दिएको एक महिला म्यादी प्रहरीले बताइन् ।
ललितपुर प्रहरी प्रमुख एसएसपी ठूले राईले सरकारले तोके अनुसार एकपैसा तलमाथी नगरीएको र हेड्क्वार्टरको आदेश अनुसार तलव दिएको दाबी गरे ।
उनले भने, ‘५५ दिन काम गरेबापत पाउने तलव, रासन भत्ता, पोशाक र खाजा खर्च कत्ति पाउने भन्ने कुरा प्रस्ट छ, थोरै दिएको जस्तो लाग्छ भने उपत्यकाका अन्य जिल्लाहरु भक्तपुर र काठमाडौंमा चेक गर्दा पनि हुन्छ ।’