Incident Reports

राजपाद्वारा दोश्रो चरणको स्थानीय तह चुनावको विरोधमा मसाल जुलुस प्रदर्शन

2017-06-12

Madhes, Saptari, Rajbiraj

सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय निकायको निर्वाचन बिथोल्ने गरी आह्वान गरेको कार्यक्रमअनुसार जेठ २९ गते राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । संविधान संशोधन नगरी स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिदै जेठ ३० गतेको बन्द आहृवान गरेको राजपा नेपालले बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन गरेको हो । सरकार र तीन ठूला दलविरूद्ध चर्को नाराबाजी गर्दै स्थानीय महादेव मन्दिरको प्राङ्गणबाट निक्लिएको जुलुस नगरपरिक्रमा पश्चात शहीद दशन चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा वक्ताहरूले दोश्रो चरणको स्थानीय तहको निर्वाचन अगावै संविधान संशोधन नगरे निर्वाचन बहिष्कार मात्र नभई बिथोलेरै छाड्ने चेतावनी दिए । सरकारले संविधान संशोधनलगायतको माग सम्बोधन नगरेपछि निर्वाचनमा जाने वातावरण नबनेकोले आन्दोलनमा उत्रिनु परेको राजपा नेपाल, सप्तरीका संयोजक सुनिलकुमार झाले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Saptari

0 Comments

Related Reports