Incident Reports

राजपाद्वारा दोश्रो चरणको स्थानीय तह चुनावको विरोधमा महोत्तरीमा मसाल जुलुस

2017-06-12

Madhes, Mahottari, Jaleswor

संविधान संशोधनको माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा कार्यकर्ताहरूले तराई/मधेसका महोत्तरी, धनुषा र सर्लाहीलगायतका जिल्लाहरूमा जेठ २९ गते साँझ मसाल जुलुस प्रदर्शन गरेको इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँले जनाएको छ । राजपा नेपालका नेताहरूले संविधान संशोधन गरी आफूहरूको माग सम्बोधन नगरिएसम्म दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन नदिने भन्दै जेठ २८ गते निर्वाचनलाई बिथोल्ने गरी विरोधका कार्यक्रम घोषणा गरेका थिए । सोही कार्यक्रम अनुसार तराई मधेसका जिल्लाहरूमा राजपाका नेता तथा कार्यकर्ताहरूले जेठ २९ गते साँझ मसाल जुलुस प्रदर्शन गरेका हुन् । महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले महोत्तरीमा जेठ २९ गते मसाल जुलुस प्रदर्शन गरेको छ । सदरमुकाम जलेश्वर स्थित राजपाको पार्टी कार्यालयबाट सुरू भएको मसाल जुलुस जलेश्वर नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । जुलुसमा सहभागी राजपाका नेता तथा कार्यकर्ताहरूले असार १४ गते तोकिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्थगित गर्नु पर्ने, परिमार्जन सहितको संविधान संशोधन गर्नुपर्ने, आन्दोलनको क्रममा राजपाको नेता कार्यकर्ताहरू माथि लगाइएको झुठा मुद्दा फिर्ता गर्नु पर्ने र जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुने गरी स्थानीय तहको सिमाना निर्धारण गर्न माग गरेका थिए । राजपाका नेता सुरेस सिंहले आफ्ना मागको उचित्त सम्बोधन नगरी जबरजस्ती निर्वाचन गराउन खोजे मुठभेडको स्थिति आउने र यसको जिम्मेवारी नेपाल सरकारले लिनु पर्ने चेतावनी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports