Incident Reports

धनुषामा राजापाद्वारा मसाल जुलुस प्रदर्शन

2017-06-12

धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासका अनुसार राजापाले जेठ २९ गते जनकपुरमा मसाल जुलुस प्रदर्शन गरेको छ । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन अगावै संविधान संशोधन गरिए मात्र निर्वाचनमा भाग लिने भन्दै राजापाले आन्दोलन गर्दै आएको छ । सरकारले घोषणा गरेको निर्वाचनलाई बहिष्कार गर्न र निर्वाचन बिथोल्नको लागि राजापाले जेठ ३० गतेदेखि असार २ गतेसम्म धनुषा बन्दको आह्वान गरेको छ । बन्द सफल बनाउन जनकपुरको क्याम्पस चोकबाट निकालेको मसाल जुलुस क्याम्पस चोक, मुर्ली चोक, राम चोक हुदै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो । राजापाका धनुषा जिल्ला संयोजक परमेश्वर साहले संविधान संशोधन बिना कुनै पनि हालतमा मधेसी जनता निर्वाचनमा भाग नलिने बताए । आउँदो असार १४ गतेको चुनावमा भाग लिन असार २ गते उम्मेदवारी दर्ताको मिति तय भएकोले असार २ गतेको सो कार्यक्रम बिथोल्न राजापाले चार दिन बन्दको आह्वान गरेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari

0 Comments

Related Reports