Incident Reports

एक महिनाको अवधिमा इलामका छ जना महिला हराए l

2013-05-28

Kokila Dhakal इलाम । जेठ १४ गते सन् २०१३ को मे महिनामा इलामका छ जना महिला हराएका छन् । १५ देखि ३० वर्षउमेर समूहका ती महिलाहरूको खोजी गरिदन आग्रह गर्दै परिवारका सदस्यहरूले माइती नेपाल पशुपतिनगरमा निवेदन दिएका छन् । हराउनेमा कन्याम गाविस-७ की २० वर्षीया ब्रिसिका राई, कन्याम गाविस-४ की १५ वर्षीया सन्ध्या घिसिङ्ग, सोयाक गाविस-९ की २४ वर्षीया तारामाया राई, फिक्कल गाविस-२ की ३० वर्षीया रमिला नेपाल, जिर्मले गाविस-५ की १७ वर्षीया प्रनिता घिमिरे रहेका छन् । यस्तै १६ वर्षीया अप्सरा राई र १८ वर्षीया रिस्ता सार्की रहेका छन् । राई र सार्कीको ठेगाना खुलेको छैन । यी महिलाहरू भारत गएको आशङ्कामा जेठ १४ गते देखि खोजी कार्य सुरु गरिएको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले जानकारी दिए । विगतमा भारतीय भू-भागबाट उद्दार गरिएका महिलाहरूको अवस्थालाई हेर्दा दिनहुँ जसो महिलाहरू रोजगारीका लागि र परिवारमा झगडा भएर, घुम्न जाने तथा विवाहको बहानामा लुकीछिपी भारत छिर्ने गरेको पाइएको संयोजक ढकाल बताउँछन् । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis