Incident Reports

राजपाद्वारा एमाले कार्यक्रमस्थलमा तोडफोड र आगजनी

2017-06-11

Madhes, Saptari, Rajbiraj, Ward 3

नेकपा (एमाले) को राजविराज नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा प्रवेश गरी राजपाका नेता, कार्यकर्ताहरूले जेठ २८ गते तोडफोड र आगजनी गरेका छन् । राजविराज नपा-३ स्थित साह धर्मशालामा आयोजित एमालेको चुनावी भेलामा प्रवेश गरेका राजपाका कार्यकर्ताहरूले तुल, ब्यानर, झण्डा, कागजपत्रलगायतका निर्वाचन सामग्री जलाउनुका साथै कुर्सी तोडफोड गरेका हुन् । एमालेका केन्द्र र जिल्लाका नेताहरू तथा राजविराज नगरपालिकाका उम्मेदवारहरू मन्तव्य राखेर अन्यत्रको कार्यक्रममा बाहिरिइसकेपछि बेला नाराजुलुससहित प्रवेश गरेका राजपाका नेता, कार्यकर्ताहरूले कुर्सी तोडफोड गर्दै झण्डा, व्यानर बाहिर ल्याएर जलाए । निर्वाचनको वातावरण बिगार्न खोज्नेहरूप्रति सचेत रहन जनसमुदायलाई र सुरक्षा व्यवस्था बलियो बनाउन स्थानीय प्रशासनलाई आग्रह गर्दै एमाले नगर कमिटिका अध्यक्ष निरञ्जन झाले राजपाको गैरलोकतान्त्रिक कार्यप्रति भर्त्र्सना गरे । उनले घटनाप्रति गम्भीर बन्न र दोषीहरूमाथि आवश्यक कारबाही गर्न सिडिओ कृष्णबहादुर कटवालसँग माग समेत गरे । घटना लगत्तै पुगेको प्रहरी टोलीले झडप हुन र थप क्षति हुनबाट जोगाएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Arson
Weapons Blunt weapon , Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
INSEC , National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments

Related Reports