Incident Reports

घरायसी विवाद हुँदा श्रीमतीको हत्या

2017-06-13

Karnali, Surkhet, Birendranagar, Ward 2

RSS घरायसी विवाद हुँदा सुर्खेतमा एक जनाले लाठी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । वीरेन्द्रनगर-२ कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले ३५ वर्षीया श्रीमती पद्मा बुढाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । राउराको विषयमा विवाद भएपछि बेलुकी पाँच बजेतिर श्रीमान श्रीमतिवीच विवाद भएको थियो । ‘यो उनीहरुको घरायसी विवाद हो, दुवै रक्सीले मात्तेका थिए,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी निशान थापाले भने-‘विवाद बढ्दै जाँदा श्रीमानले लाठ्ठीले पद्माको टाउकोमा हानेको अनुसन्धानबाट बुझिएको छ ।’ बेहोस् भएर ढलेकी पदमालाई उपचारका लागि क्षेत्रीय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । प्रहरीले श्रीमतीको हत्या गर्ने बलबहादुरलाई पक्राउ गरेको छ । उनी बिरामी रहेकाले क्षेत्रीय अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Severely damaged Vehicles 000
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Surkhet , Local Newspaper - Chitwan

0 Comments