Incident Reports

माओवादीद्वारा जग्गा कब्जा l

2013-05-27

Sur Bahadur Pariyar कैलाली । जेठ १४ गते थापापुर गाविस-२ का भरत शाहको नाममा रहेको ६ विगाह जग्गामा नेकपा माओवादीका एरिया नम्वर १० इन्चार्ज शेर बहादुर देउवाको नेतृत्वमा गएको एक समूहले पार्टीको झन्डा गाडी कब्जा गरेको घोषणा गरेको छ । द्वन्द्वकालमा माओवादीद्वारा कब्जा भएको उक्त जग्गा शान्ति प्रक्रियासँगै फिर्ता भए पनि हाल माओवादीले पुनः कब्जा गरेको भन्दै जेठ १३ गते पार्टीको झन्डा गाडेको इलाका प्रहरी कार्यालय भजनीका इन्स्पेक्टर लालबहादुर साउदले जानकारी दिए । माओवादीले पहिले नै कब्जामा रहेको खेतमा जबरजस्ती गहुँ खेती गर्ने खोजेपछि आफूहरूले पुनः कव्जा गरेको माओवादीका जिल्ला सचिव महेश वडुवालले बताए । पीडित पक्षले माओवादीले जग्गा कब्जा गरेको भन्दै ०७० जेठ १३ गते साँझ इलाका प्रहरी कार्यालय भजनीलाई खवर गरेपछि प्रहरीले माओवादीले खेतमा गाडेको झण्डा हटाएको इन्स्पेक्टर साउदले जानकारी दिए । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis