Incident Reports

यौन दुर्व्यवहारलाई सरकारवादी मुद्दाका रुपमा लिन आग्रह l

2013-05-27

Ramesh Prasad Timilsina ललितपुर । जेठ १४ गते राष्ट्रिय महिला आयोगले महिलाविरुद्ध हुने यौन दुर्व्यवहारलाई सरकारवादी मुद्दाका रूपमा लिन ०७० जेठ १३ गते सरकारसमक्ष आग्रह गरेको छ । आयोगकी अध्यक्ष शेष चाँदतारालगायतको एक प्रतिनिधिमण्डलले मन्त्रिपरिषद्का अध्यक्षलाई भेटी सार्वजनिक क्षेत्र, निजी जीवनलगायत विभिन्न क्षेत्रमा महिलामाथि यौन दुर्व्यवहार कायम रहेको भन्दै कारवाही प्रक्रियामा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको हो । पीडित महिलाले प्रभावकारीरूपमा न्याय प्राप्त गर्न नसकेको अवस्थामा उनीहरूलाई न्याय दिनका लागि मुलुकी ऐन आशय करणीको एक नम्बर अन्तर्गतको कसुरलाई सरकारी मुद्दासम्बन्धी ऐन बमोजिम गरियोस् भनी माग गरेको आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा ०७० जेठ १३ गते जारी विज्ञप्तिमा भनिएको छ । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis