Incident Reports

आमालाई दुर्व्यवहार गर्ने गिरफ्तार l

2013-05-28

Province 1, Morang, Budhiganga

Dipen Neupan मोरङ । जेठ १५ गते टङ्किसिनुवारी गाविस-८ बौराहाकी ६० वर्षीया भागवतीदेवी माझीलाई उनका छोरा सिसवनी बडहरा गाविसस्थित सरस्वती उच्च माविका शिक्षक ३४ वर्षीय सुरेशकुमार माझीले जेठ १४ गते कुटपिट गरी घाइते बनाएका छन् । पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार गरिएको छ । आरोपितका बाबु तथा पीडितका पति सत्यनारायण माझीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । जग्गा विवादसम्बन्धी घरायसी विषयलाई पीडितलाई शिक्षक सुरेश र उनकी पत्नी संगिताले कुटपिट गरेको उजुरीमा उल्लेख गरिएको छ । उजुरी कारबाहीका लागि इलाका प्रहरी कार्यालय नेमुवा पठाइएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख सुमा कार्कीले बताइन् । उजुरीमाथि ०७० जेठ १६ गते दुवै पक्ष बोलाएर अनुसन्धान थालिने इलाका प्रहरी कार्यालय नेमुवाका इन्चार्ज सई पुनम चौधरीले बताए । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis