Cadres of Nepalic Congress and CPN UML clashed in Jirikhimti Bazar near Tehrathum district headquarter on Monday, June 16. The clash reportedly ensued after Nepali Congress cadre Yogendra Khatri beat CPN UML cadre Min Prashad Limbu. Police arrested Shukraraj Limbu of Myanglung-9, Khadka Limbu, Jiten Limbu, and Dipesh Limbu informed DSP Bhagendrapurush Dhakal.
स्थानीय तह निर्वाचनको मिति नजिकिँदो क्रममा तेह्रथुमको सदरमुकाम नजिकै रहेको जिरीखिम्ती बजारमा असार २ गते राति नेपाली काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच झडप भएको छ ।
चूनाव प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेसका कार्यकर्ता योगेन्द्र खत्रीले एमालेका कार्यकर्ता मिनप्रसाद लिम्बुलाई कुटपिट गरेपछि दुवै पक्षका कार्यकर्ताहरूबिच झडप भएको बताइएको छ ।
घटनापछि प्रहरीले झडपमा संलग्न रहेको जनाउँदै म्याङलुङ नपा-९ का शुक्रराज लिम्बु, खड्क लिम्बु, जितेन लिम्बु र दिपेश लिम्बुसहित चारजनालाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भागेन्द्रपुरूष ढकालले जानकारी दिए ।