Incident Reports

दोहोरो झडप हुँदा एमाले कार्यकर्ताको मृत्यु

2017-06-18

Sudurpashchim, Bajura, Khaptad-Chededaha, Ward 5

मनोनयन दर्ता गर्न मतदान अधिकृतको कार्यालयमा जाने क्रममा छेडेदह गाउँपालिकामा काँग्रेस र एमालेका कार्यकर्ताहरुबीच भएको दोहोरो झडपमा परी गम्भीर घाइते भएका छेडेदह–६ का ५५ वर्षीय एमाले कार्यकर्ता हंश रावतको मृत्यु भएको छ । उनलाई उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी दलबहादुर बोगटीका अनुसार झडपमा दुबैतर्फ गरी ३० जना बढी घाइते भएका छन् । दुबैतर्फबाट ढुङ्गा हानाहान भएको प्रहरीले जनाएको छ । मनोनयन भने छेडेदहसहित जिल्लाका नौ वटै स्थानीय तहमा सम्पन्न भएको छ । अन्य स्थानमा स्थानीय तहमा उत्साहजनक रुपमा मनोनयन दर्ता भएको छ । यस जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले सबै तहमा प्रमुख तथा उपप्रमुख पदमा मनोनयन दर्ता गराएको छन्
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 15
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 12
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Sarlahi , Local Newspaper - Kailali

0 Comments