Incident Reports

प्रहरीद्वारा पारिवारिक झगडाको बिषयलाई लिएर कुटपिट

2017-06-11

Province 1, Morang, Pathari Shanishchare, Ward 1

पारिवारिक झगडाको बिषयलाई गायक समिर बिकलाई इलाका प्रहरी कार्यालय पथरीका प्रहरीले निर्घात कुटपिट गर्नुका साथै छलफलको क्रममा सार्वजनिक स्थलमा मारिदिने धम्कि दिएका छन् । इलाका प्रहरी कार्यालय पथरीमा म्यादी प्रहरीको तालिम लिईरहेकी समिरकी पत्नीसँग भएको सामान्य विवादकै बिषयमा सनिबार इलाका प्रहरी कार्यालयमा गाएक समिरलाई पक्रेर थानामा ल्याई निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट गाएक बिकको पैताला , हातको पन्जा, र टाउको लगायतमा निलडाम बसेको छ । छलफलको क्रममा प्रहरी हवल्दार चित्र तामांगले गाएक बिकलाई ठाडो औंला देखाउदै मारिदिने धम्कि दिएको बिकले आरोप लगाए । यता, गायक बिकलाई हिरासतभित्र कुटपिट र धम्काइएको भन्ने आरोपको इलाका प्रहरी कार्यालय पथरीका निरीक्षक राजन कार्कीले अस्वीकार गरे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Morang

0 Comments