Incident Reports

नेकपा एमाले र नेपाली काँग्रेसको झडप हुँदा २ जना घाइते

2017-06-24

Sudurpashchim, Bajura, Budhiganga, Ward 3

RSS बुढीगङ्गा नगरपालिका-३ मा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ताबिच भएको झडपमा परी दुई जना घाइते भएका छन् । सोही वडाकी ४२ वर्षीया बसु सेराला र २० वर्षीय विरेन्द्र रौले घाइते भएको प्रहरी नायव उपरिक्षक दलबहादुर बोगटीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार प्रचारमा बुढीगङ्गा नगरपालिका २ र ३ बाट नेपाली काङ्ग्रेसका कार्यकर्ताको नारबाजी र ३ मा रहेको बसालीबाट एमाले कार्यकर्ताको नाराबाजीसहित जुलुसको जम्काभेट भएपछि झडप भएको हो । घाइते भएकी बसु सेरालाको टाउकोमा गम्भीर चोट लागेपछि जिल्लामा उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि अछामको बयालपाटामा पठाइएको नेपाली काङ्ग्रेसका वडा नं ३ का अध्यक्षका उम्मेदवार जयराज उपाध्यायले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth youth
Youth Killed 2
Total Injured 2
National/Online Media , INSEC , Local Newspaper - Saptari

0 Comments

Related Reports