Incident Reports

धनुषामा शिक्षकमाथि गोली प्रहार, गम्भीर घाइते

2017-06-25

Madhes, Dhanusha, Chhireshwornath

विद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका सिनुरजोडा स्थित विलट साह सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको हो। असार ११ गते जिरोमाइल स्थित आफ्नो घरबाट विद्यालय गइरहेको बेला लक्ष्मीनिया चौकबाट पश्चिम सुनसान सडकमा प्रअ शर्मामाथि गोली प्रहार गरिएको थियो। विद्यालयका शिक्षक आनन्दकुमार मण्डलले चलाइरहेको मोटरसाइकलको पछिल्लो सीटमा बसेर विद्यालय गइरहेको अवस्थामा अर्को मोटरसाइकलमा सवार दुई अज्ञात व्यक्तिले शर्मामाथि गोली प्रहार गरेका थिए। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा महोत्तरीको पिपरा निवासी राजु उपनाम रहेको राजकिशोर मण्डल, जनकपुर उपमहानरपालिकाका गणेश साह र रौतहट घर भएका साहिलकुमार चौधरीलाई नियन्त्रणमा लिएको हो। तीन दिनअघि नियन्त्रणमा लिइएका तीनै जनाविरुद्ध मंगलबार जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरी म्याद थप गरिएको हो। प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धाबाट नियन्त्रणमा लिइएका मण्डल र साह घटनाका मुख्य योजनाकारको रुपमा देखिएको हुन्। शर्मा र मण्डलबीच पैसाको लेनदेनको कारण गोली प्रहार गरी हत्याको प्रयास गरिएको हालसम्मको अनुसन्धानमा खुलेको प्रहरी स्रोतका दाबी छ। शर्माको पैसाले जग्गा कारोबार गर्दै आएका मण्डलले पैसामा हिनामिना गर्ने उद्देश्यबाट यस्तो घटना गराएको प्रहरीको अनुसन्धानमा खुलेको छ। प्रअ शर्मा पनि जग्गा खरिद बिक्रीको कारोबार गर्दै आएको बुझिएको छ। घटनाको योजनाकारको रुपमा तीन जनालाई नियन्त्रणमा लिइए पनि गोली प्रहार गर्ने शुटरहरु हाल पनि फरार छन्। बाँया गालामा गोली लागेर गम्भीर घाइते भएका शर्मालाई हेलिकोप्टरबाट उपचारको लागि काठमाडौं पठाइएको थियो। उनको उपचार हाल काठमाडौंमै भइरहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Police website , Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha , Local Newspaper - Chitwan , Local Newspaper - Sarlahi

0 Comments

Related Reports