Incident Reports

उम्मेदवारको घरमा बम विस्फोट

2017-06-25

Province 1, Morang, Uralabari

मोरङको उर्लाबारी नगरपालिकाका मेयर पदका उम्मेदवार खड्ग फागोको घरमा बम विस्फोट भएको छ । शनिबार राति २ : ३० बजेतिर नेपाली कांग्रेसका उम्मेदवार फागोको घरमा बम विस्फोट भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । विस्फोटबाट ठूलो क्षति भने हुन नपाएको उनले बताए । घटनाको प्रकृति हेर्दा टाइम बम हुन सक्ने प्रहरीले आशंका गरेको छ । बम कसले र किन राखेको हो भन्नेबारे अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी निरीक्षक थापाले बताए । थापाले चुनाव बहिष्कार गर्दै आएको समूहले विस्फोट गराएको हुन सक्ने आशंका जनाए । उनले चुनावी वातावरण बिथोल्ने उद्देश्यले विस्फोट गराएको भए पनि सुरक्षामा कुनै कमि नआउने दाबी गरे । बम विस्फोटलगत्तै उठेर हेर्दा घटनास्थल वरिपरि कोही नदेखिएको उम्मेदवार फागोले बताए । उनले आतंकित पार्न जोकोहीले बम विस्फोट गराए पनि आफू विचलित नभएको बताए । उनले विस्फोट गराएर सर्वसाधारण जनता र उम्मेदवारलाई प्रभावित पार्न खोजे पनि ढुक्क भएर चुनावी गतिविधिमा लाग्न उर्लाबारीका मतदातालाई आग्रह गरे । उनले आफ्नो घरमा बम विस्फोट गराउनेको तत्काल पहिचान गरी कानुनअनुसार कार्बाही अघि बढाउन आग्रह गरे । उनले यस्ता गतिविधिले सर्वसाधारणमा नकारात्मक असर पर्ने भएकोले सुरक्षा व्यवस्था भरपर्दो बनाउन प्रहरी प्रशासनसमक्ष माग पनि राखे । निर्वाचन प्रचारप्रसार समिति संयोजक केशव कार्कीले पराजित मानसिकताबाट ग्रसित पार्टीले यस्तो घृणित कार्य गराएको टिप्पणी गरे । उनले भने,‘हाम्रा उम्मेवारको घरमा जुन पार्टीले बम विस्फोट गराउन लगाएको हो, जनताले उसको मूल्यांकन गर्नेछ । विस्फोट गराएर हाम्रो चुनावी गतिविधिलाई प्रभावित पार्न खोजेको होला । तर, यसले केही फरक पादैन ।’कांग्रेस आइतबार दिउँसो उर्लाबारीको बरगाछी चौकमा चुनावी आमसभा गरेको छ । सभालाई सम्बोधन गर्न केन्द्रीय सदस्यहरु शेखर कोइराला, महेश आचार्य र जिल्ला सभापति डिकबहादुर लिम्बू उर्लाबारी आउँदैछन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments

Related Reports