Incident Reports

बझाङको सुनकुडामा काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप

2017-06-24

Sudurpashchim, Bajhang, Bithadchir, Ward 9

विथ्थड चिर गाउँपालिका अन्तर्गतको सुनकुडामा नेपाली काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप भएको छ । झडपमा दुवै पक्षका २० जना भन्दा बढी घाइते भएका छन् भने एउटा मोटरसाइकलमा आगजनी गरिएको छ । सुनकुडा क्याम्पसमा नेपाली काङ्ग्रेसको चुनावी सभा भइरहेको बेला एमालेको मोटरसाइकल र्‍याली पुगेपछि दुई पक्षबिच झडप भएको जनाइएको छ । आफ्नो आमसभा बिथोल्नका लागि एमाले कार्यकर्ताले प्रयास गरेपछि झडप भएको नेपाली काङग्रेसले आरोप लगाएको छ । घटना स्थलमा रहेका नेपाली काङग्रेसको तर्फबाट वित्थड चिर गाउँपालिका वडा नं ४ का वडा अध्यक्षका उम्मेदवार गणेश बोहराले १५ भन्दा बढी काङग्रेसका कार्यकर्ता घाइते भएको र प्रहरीले हवाई फायर गरेपछि स्थिति नियन्त्रणमा आएको बताए । आफूहरूको मोटरसाइकल र्‍यालीमा काङ्ग्रेसको कार्यक्रम स्थलबाट ढुङ्गा प्रहार भएपछि झडपको स्थिति सिर्जना भएको नेकपा एमालेले आरोप लगाएको छ । घटनास्थलमा रहेका अनेरास्वियुका जिल्ला कमिटी अध्यक्ष हरिस खड्काले आफूहरूको शान्तिपूर्ण र्‍यालीलाई काङग्रेस कार्यकर्ताले रोकेर मोटरसाइकलमा समेत आगजनी गरिदिएको बताएका छन् । जिल्ला प्रहरी कार्यालयले झडपको पुष्टी गरे पनि हवाइफायर भए नभएको बारे जानकारी आइ नसकेको जनायो । नेपाली काङग्रेसको चुनावी सभालाई सम्बोधन गर्नका लागी पूर्व राज्यमन्त्रीद्वय सुरेस मल्ल र नरेशबहादुर सिंह पनि कार्यक्रम स्थलमा थिए । उनीहरू दुवै जना सुरक्षित रहेको काङ्ग्रेसका कार्यकर्ता गणेश बोहराले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 15
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 20
INSEC

0 Comments

Related Reports