Incident Reports

किशोरी बलात्कार गर्ने बिरुद्ध जर्वजस्तीकरणीको मुद्दा l

2013-05-30

Sudurpashchim, Achham, Mangalsen

Shivaraj Khatri अछाम । जेठ १६ गते १५ वर्षीया एक किशोरीलाई तीन दिनसम्म लगातार बलात्कार गर्ने ओलीगाउँका २० वर्षीय गंग भुल विरुद्ध अछाम प्रहरीले जेठ १६ गते जबरजस्तीकरणीको मुद्दा दर्ता गरेको छ । भुलले ती किशोरीलाई जेठ ११ देखि १३ गते सम्म भैँसी बाँध्ने गोठमा थुनेर बलात्कार गरेको भन्दै किशोरीको आमाले जेठ १५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन् । पीडित पक्षको जाहेरीलगत्तै प्रहरीले भुललाई जेठ १५ गते उनको घरबाटै गिरफ्तार गरेर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय अछामका मुद्दा शाखाका हवलदार भुपेन्द्रसिंह सामन्तले जानकारी दिए । किशोरीको चिउँडो र छातीमा चोट लागेको तथा उनको उपचार र स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । दुई दिन सम्म घट्ना गाउँमै मिलाउने प्रयास भए पनि किशोरीको आमाले नमानेर प्रहरीमा जाहेरी दिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत अछामले भुललाई जेठ १६ गते नै पुर्पक्षका लागि १० दिन थुनामा राख्न आदेश दिएको छ । शिवराज खत्री

0 Comments

Related Reports
Related Trend Analysis