Incident Reports

माओवादी र्यालीमा बम बिस्फोट हुँदा ७ घाइते

2017-06-25

नवलपरासी सदरमुकाम नजिकको सुनवल नगरपालिकामा नेकपा माओवादी केन्द्रले निकालेको र्यालीलाई लक्षित गरेर अज्ञात समूहले बम बिस्फोट गराउँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । चुनाब प्रचारको अन्तिम दिन आइतबार सुनवल नगरपालिकामा केन्द्रले गाडिमा चुनाबी र्याली गरेको थियो । महेन्द्रराजमार्गको भुमहिवाट सुनवल तर्फ कार्यकर्ता बोकेर हिंडेको बस सोमनाथ खोलाको पुलमा पुग्दा बिष्फोटमा परेको हो । अज्ञात समूहले पुल क्षेउको ढुंगामा बम लुकाएका थिए । बिस्फोटमा घाइतेहरुको प्रहरीले उद्धार गरेर उपचारको लागि लगेको छ । करिब ६ दर्जन गाडीमा मतदाता राखेर माओवादीले र्याली निकालेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 7
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha , Local Newspaper - Chitwan , Local Newspaper - Kaski

0 Comments

Related Reports