Incident Reports

१२ वर्षीया बालिका बलात्कृत l

2013-05-30

Man Bahadur Chaudhary बर्दिया । जेठ १६ गते एक १२ वर्षीया बालिकालाई धधवार गाविसका २९ वर्षीय महेश थारुले खेतमा लगेर बलात्कार गरेको पीडितले स्थानीय महिलाअधिकारकर्मीहरू समक्ष बताएकी छिन् । आँप लिन दाजु र हजुरआमासँग फूपुको घरमा गएकी बालिकालाई फर्कने क्रममा दाजुका साथी समेत रहेका चौधरीले बलात्कार गरेका हुन् । बालिकाको फुपुको घरबाट साइकलमा चढाई ल्याएका थारुले खेतमा लगेर बलात्कार गरी राती १० बजे घर पुर्‍याएको पीडित बालिकाका बुवाले बताए । आरोपित थारुलाई जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको का डीएसपि यमुना रजकले जानकारी दिए । उनले जिल्ला अस्पतातमा डाक्टर नहुँदा अस्पताल मार्फत परीक्षणको लागि नेपालगञ्ज आवश्यक नमुना पठाइएको बताए । घटनाको अनुसन्धान भइरहेको डीएसपी रजकले वताए । मानबहादुर चौधरी

0 Comments

Related Reports
Related Trend Analysis