Incident Reports

भोजपुरमा एक बालकसहित तीन जना मृत अवस्थामा फेला

2017-06-24

भोजपुरको अरुण गाउँपालिका-१ प्याउलीको मराङ डाँडाँमा एक बालकसहित तीन जना मृत अवस्थामा भेटिएका छन्। गत शनिबार ४ बजेदिखि हराइरहेका उनीहरुको स्थानीय तोरन कार्कीको माछा पोखरीमा मृत अवस्थमा भेटिएका हुन्। मृत्यु हुनेमा १६ वर्षीय रविन्द्र सापकोटा, १३ वर्षीया सुस्मा फुयाल र ८ वर्षीया चेतना फुयाँल छन्। सुस्मा र चेतना दिदी बहिनी हुन्। हराएदेखि नै स्थानीयबासी उनीहरुको तीब्र खोजी गरिरहेका थिए। आज बिहान पोखरीमा उनीहरुको घोप्टो परेको अवस्थमा शव फेला परेको स्थानीयबासीहरुले बताएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गीतनारयण चौधरीको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 3
Female Killed 2
Youth Killed 3
National/Online Media , Local Newspaper - Jhapa

0 Comments