Incident Reports

एमालेबाट मेयर उम्मेदवार तारा सुब्बाको घरमा बम विस्फोट

2017-06-26

Province 1, Sunsari, Dharan, Ward 11

धरान उपमहानगरपालिकाको एमालेबाट मेयर उम्मेदवार तारा सुब्बाको घरमा आज बिहान ६ बजेर चालिस मिनेटमा शक्तिशाली बम विस्फोट भएको छ । धरान–११ मंगलबारे नजिकैको रमाइलो चोकमा रहेको सुब्बाको घरको कम्पाउण्ड भित्रै अज्ञात समूहले बम फालेर पूर्वको गल्ली तिर भागेको प्रत्यक्षदर्शी रन्जीत राईले बताए । उनका अनुसार सेतो सर्ट र हाफपेन्ट लगाएर आएका दुइ युवा सरासर आएर सुब्बाको घरको कम्पाउण्ड भित्र बम फालेर भागेका थिए । मेयरका उम्मेदवार सुब्बा त्यसबेला आफ्नै कोठा बसीरहेका थिए । अचानक घर अगाडिको फुलबारीमा ठूलो विस्फोट भएको आवाज सुनेपछि बाहिर निस्कँदा कोही पनि नदेखेको बताए । उनले भने, ‘सायद चुनाव विरोधी तत्वले उम्मेदवारलाई धम्की दिएको होला । जनताको अभिमत लिनका लागि गरिएको चुनावमा बम विस्फोट गर्दैमा मलाई ज्यानको परवाह छैन ।’ बम विस्फोटपछि तत्कालै पुगेका वडा प्रहरी कार्यालयका इन्चार्ज जेबी लिम्बुले अनुसन्धान भइरहेको बताए । बम विस्फोट बारे कसैले पनि जिम्मा लिएका छैनन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Saptari

0 Comments

Related Reports