Incident Reports

.जेठानीद्वारा देवरानीमाथि कुटपिट

2013-05-29

डडेल्धुरा । जेठ १६ गते मष्टामाण्डौ गाविस- ७ पुतडाकी २७ वर्षीया मिना कठायतलाई उनकी ३० वर्षीया जेठानी गौमती कठायतले जेठ १४ गते घरमै मरणासन्य हुनेगरि कुटपिट गरेपछि मीना घाइते भएकी छिन् । घरका परिवारका लागि बनाइएको चर्पी प्रयोग गर्दा जेठानीले आफूमाथि हातपात गरी लाठीले कुटपिट गरेको पीडित मिना कठायतले बताइन् । उपचार गराउने शर्तमा ०७० जेठ १४ गते प्रहरी चौकी सकायलमा जवरजस्ती मिलापत्र गराईएको भए पनि जेठानीले उपचार नगराउँदा जेठ १५ गते जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा पुनः उजुरी दिएको पीडित मीनाले बताइन् । पीडितको जिल्ला अस्पताल, डडेल्धुरामा उपचार भइरहेको छ भने आरोपित महिलालाई जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले अनुसन्धानका लागि भन्दै हिरासतमा राखेको छ । राजेन्द्र ठगुन्ना

0 Comments

Related Reports
Related Trend Analysis