Incident Reports

दार्जीलिङमा दमन भएको भन्दै भारतीय दूतावास अगाडि विप्लव समूहको विरोध प्रदर्शन

2017-06-26

Bagmati, Kathmandu, Kathmandu, Ward 26

दार्जीलिङमा दमन गरिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय दूताबास अगाडि विरोध प्रदर्शन गरेको छ । नेकपाका नेताहरु धर्मेन्द्र बास्तोलाको नेतृत्वमा जुलुससहित लैनचौर पुगेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य बास्तोलाले नेपाली भाषी भएकै कारण दमन भएको र यो मानवअधिकारको घोर उल्लंघन भएको बताए । भारतकै अन्य राज्यका जनताले आन्दोलन गर्दा सुनुवाई भएपनि दार्जीलिङमा दमन भएको भन्दै उनले गोर्खाल्याण्डको मागलाई नेपालसँग जोडेर नहेर्न आग्रह गरे । उनले भने, ‘गोर्खाजातिले आफ्नो भाषाको सम्वर्द्धन गर्न किन नपाउने ? नेपालसँग हेरेर किन दमन गर्ने ?’ नेकपाले दूताबासमार्फत भारतीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने बताएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
National/Online Media

0 Comments