Incident Reports

Dry port closed after snake bite

2017-06-19

Madhes, Parsa, Birgunj

A worker at dry port in Birgunj has died after being bitten by a snake. Raj Kishor Shah a resident of Birgunj Municipality-18 died after being bitten by a snake yesterday evening. He died on his way to hospital. The dry port remained closed today and the family of the dead worker is demanding compensation. सर्पको टोकाइबाट एक मजदुरको मृत्यु भएपछि आज दिनभरि सुख्खा बन्दरगाहको कामकाज मजदुरहरुले ठप्प पारेको छन्।  बिहानदेखि बन्दरगाहबाट कुनै सवारीसाधन बाहिर नगएको र बाहिरबाट बन्दरगाहभित्र नआउँदा बाटो जाम भएको थियो। सुख्खा बन्दरगाहको गेट अगडि मृतक वीमनपा-१८ सौरहा निवासी राजकिशोर साहको शव राखी परिवारले क्षतिपूर्तिको माग गरेको थिए। मृतक सह हिजो साँझ शौच गएको बेला सर्पले टोकेपछि उपचारको क्रममा नाउक्षे अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो। सुख्खा बन्दरगाहको जिम्मा पाएको हिमालयन टर्मिनलको चरम लापरवाहीको कारण मजदुरको मृत्यु भएको परिवारजनले आरोप लगाएको  थिए। सयौं मजदूर कार्यरत रहे पनि हिमालयन टर्मिनलले शौचालय, खानेपानीको व्यवस्था नगरेको कारण मजदूरहरु समस्यामा पर्ने गरेको बताएको थिए। मजदूर तथा परिवारजनले बाटो अवरुद्ध गरेपछि आज साँझ भएको वार्तामा रु ५ लाख २५ हजार क्षतिपूर्ति दिने सहमति भएको वडा प्रहरी कार्यालय, श्रीपुरका प्रनि ऋषिराज ढुङ्गानाले बताए। वार्तामा हिमालयन तेर्मिनाल्का सिइओ विष्णुकान्त चौधरी, परिवारजनका प्रतिनिधि, मजदुर प्रतिनिधि तथा प्रहरीको उपस्थिति थियो। सहमति अनुसार क्रिया खर्चबापत  रु ५० हजार तत्कालै हिमालयन टर्मिनलले दिएको र बाँकी रकम मृतककी पत्नीको नाममा बैंकमा जम्मा गर्ने प्रहरीले जानकारी गराएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments