Incident Reports

इलाममा ट्रक र भ्यानमा आगजनी

2017-06-27

Province 1, Ilam, Illam

RSS स्थानीय तहको चुनावको अघिल्लो दिन मंगलबार बिहान ४ बजेतिर इलाममा एउटा ट्रक र एउटा पिक अप भ्यानमा आगजनी भएको छ । झापाको बिर्तामोडबाट इलाम आउँदै गरेको बा १० च ८१९४ नम्बरको पिकअपमा इलाम नगरपालिका–१० मेचिराजमार्गको गोदकमा र झापाबाटै पाँचथर जाँदै गरेको ना २ ख ७८३२ नम्बरको मालबाहक ट्रकमा इलाम नगरपालिका १ को मेचिराजमार्गको नेपालटार पुवाखोला बीचमा आगो लगाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आगो लगाइएको पिकअपमा पसलका लागि खुद्रा सामग्री र ट्रकमा हार्डवेयरको सामग्री रहेको बताइएको छ । आगलागीबाट ट्रकमा पूर्ण रुपमा क्षति पुगेको छ भने पिकअपमा सामान्य क्षति भएको प्रहरीले बताएको छ । आगजनी कसले गरेको भन्ने थाहा भएको छैन । कुनै पनि व्यक्ति अहिलेसम्म पक्राउ परेका छैनन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चुनावको विरोध गरिरहेको नेत्रबिक्रक चन्द विप्लप नेतृत्वको नेकपाले चुनाव अवधीभर आमहडतालको घोषणा गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Severely damaged Vehicles 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Chitwan , Local Newspaper - Morang , Local Newspaper - Panchthar

0 Comments

Related Reports