Incident Reports

आफैँले बोकेको बम विष्फोट हुँदा एकको मृत्यु

2017-06-26

Sudurpashchim, Kailali, Dhangadhi, Ward 4

धनगढी उमनपा-४ खानेपानी रोडमा असार १२ गते राति ९ः५५ बजे आफैँले बोकेको बम विष्फोट हुँदा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य धनगढी उमनपा-१२ जुगेडाका २९ वर्षीय चन्द्रबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । बम पड्किएर गम्भीर घाइते भएका सिंहलाई उपचारको लागि सेती अञ्चल अस्पतालमा लगिएको थियो । मृत्यु हुनुअघि सिंहले नै आफ्नो परिचय बताएको र उपचारको क्रममा ११ः४० बजे सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी अर्जुन चन्दले बताए । प्रहरीलाई चुनौती दिने, उम्मेदवारहरूलाई आतङ्कित पार्ने र मतदाता तथा आम नागरिकमा त्रास फैलाउने मनसायले उनले बम विष्फोट गराउन खोजेकोमा पहिल्यै बम विस्फोट भएर उनको ज्यान गएको प्रहरीले जनाएको छ । बम विष्फोटपछि स्थानीय बासिन्दाहरू त्रासित भएर घरभित्रै लुकेर बसेको र प्रहरी आएपछि मात्रै घर बाहिर निस्किन सकेको स्थानीयबासी राजकुमार खड्काले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Total Killed 1
INSEC , Police website , Local Newspaper - Parsa , Local Newspaper - Chitwan , Other Sources , Local Newspaper - Saptari

0 Comments

Related Reports