Incident Reports

कञ्चनपुरमा कृष्णपुर नगरपालिका–२ मा बम निष्क्रिय

2017-06-27

Sudurpashchim, Kanchanpur, Krishnapur, Ward 2

RSS निर्वाचनका बेला सन्त्रास फैलाउन कञ्चनपुरका दुई स्थानमा राखिएका बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ । अज्ञात समूहले कञ्चनपुरको राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–२ वनहरामा बम राखेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले ती बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कृष्णपुर वनहरामा रहेका सशस्त्र प्रहरी निरीक्षक केशवराज भण्डारीले दुवै बम राति राखिएको बताए । निर्वाचन बहिष्कार गर्दै हिँडेको नेकपाले बम राखेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । नेकपाका कार्यकर्तामाथि सुरक्षा संयन्त्रले विशेष निगरानी बढाएको छ । केही दिनअघि मात्रै नेकपा केन्द्रीय सचिवालय सदस्य विष्णुप्रसाद उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Parsa , Police website

0 Comments

Related Reports