Incident Reports

नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

2017-06-26

Province 1, Sunsari, Itahari, Ward 17

इटहरी उपमहानगरपालिका-१७ स्थित नेकपा एमालेका वडा सह-संयोजक ४४ वर्षीय पदम सञ्जेललाई असार १२ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको एक समूहले आक्रमण गरेको छ । पीडित एमाले कार्यकर्ता सञ्जेल राति बिरामी आफन्तलाई भेटन गएको बेला काङ्ग्रेसका कार्यकर्ताहरू हर्क कार्की, खेम पन्धाक, चन्दन नायक, पदम राई, महेन्द्र राईलगायतले आक्रमण गरेको पीडित पक्षले आरोप लगाएको छ । पदमका दाजु लोकेन्द सञ्जेल नेकपा एमालेको तर्फबाट इटहरी उपमहानपा-१७ का वडा अध्यक्षका उम्मेदवार हुन् । पीडितका अनुसार बिरामी भेट्न गएका बेला मत गडवड गर्न लागेको भन्दै उनीमाथि एक्कासी कुटपिट र आक्रमण गरिएको थियो । कुटपिट गर्ने क्रममा ‘गोली ठोक’ भन्दै मानसिक रूपले भयभितसमेत बनाएको उनको भनाइ छ । कुटपिटबाट अनुहारमा गम्भीर चोट लागेका पदमको इटहरीस्थित एपेक्स अस्पतालमा उपचार भइरहेको पीडित पक्षले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports