Incident Reports

एमाले वडा अध्यक्षका उम्मेदवारमाथि आक्रमण गर्न गएका काङ्ग्रेस कार्यकर्ता गिरफ्तार

2017-06-26

Sudurpashchim, Darchula, Shailyashikhar, Ward 4

शैल्यशिखर नगरपालिका-४ रानिशिखरमा एमाले वडा अध्यक्ष पदका उम्मेदवार धनीदत्त भट्टलाई आक्रमण गर्न गएका चार जना काङ्ग्रेस कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । असार १२ गते राति साढे ११ बजे घरेलु हतियारसहित आक्रमणमा गर्न गएका काङ्ग्रेस कार्यकर्ता अर्जुन महर, दत्तु महर, गङ्गाराम महर र गोपालराम महरलाइ प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको हो । उनीहरूलाई प्रहरीले घट्नास्थलबाटै घरेलु हतियार चक्कु, लठ्ठीसहित गिरफ्तार गरिएको मालिकार्जुन मावि काडापारी मतदान केन्द्रमा खटिएका प्रहरी असई विक्रम भुषाले जानकारी दिए । उनीहरूको आक्रमणबाट एमाले उम्मेदवार भट्टका छोरा देवीदत्त भट्ट सामान्य घाइते भएका छन् । भट्टको घुडामा चक्कु प्रहार भएको छ । एक ठाउँबाट अर्को ठाउँमा गएर काङ्ग्रेस कार्यकर्ताले उम्मेदवारमाथि आक्रमण गर्ने प्रयास गरेको देखिएको असई भुषालले बताए । ‘उनीहरूलाइ नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ ।’-उनले भने । यस्तै घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट इन्स्पेक्टर बोधराज ओझाको टोली रानिशिखर गएको छ । घटनाबारे असार १३ गते सर्वदलीय बैठक पनि आह्वान गरिएको भुषालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Arrest (politically significant)
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments

Related Reports