Incident Reports

No translation available.

2013-06-02

Ramesh Prasad Timalsina ललितपुर । जेठ १९ गते जनस्तरमा मानव अधिकारको सचेतना बढाउन, मानवअधिकारको संरक्षण र सम्बर्द्धन गर्न तथा मानवअधिकार उल्लङ्घनका सवालमा नागरिकको पहुँच बढाउन राष्ट्रिय मानव अधिकार आयोगले ७५ ओटै जिल्लामा सम्पर्क कार्यालय खोल्नेबारे अवधारणापत्र अघि सारेको छ । ७५ ओटै जिल्लामा आफ्नो कार्यालय खोल्दै जाने सम्बन्धमा आयोगले गत फागुन २८ गते नीतिगत निर्णय लिएको भएपनि सरकारलाई भने आज पत्राचार गरेको हो । देशभरका सबै जिल्लामा क्रमिक रूपमा सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा अवधारणापत्रसहित आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जेठ १९ गते पत्राचार गरिसकेको आयोगका कामु सचिव वेदप्रकाश भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । अहिले विराटनगर, जनकपुर, पोखरा, नेपालगञ्ज र धनगढीमा आयोगका क्षेत्रीय कार्यालय छन् भने बुटवल, जुम्ला र खोटाङमा उपक्षेत्रीय कार्यालय रहेका छन् । "देशको सबै जिल्लामा सम्पर्क कार्यालय खोल्ने कार्यले नेपाल सरकारले लागू गरेको मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजनाको भावना र अन्य स्थानीयस्तरमा मानव अधिकार हनन्को सवाललाई तत्काल सम्बोधन गर्न सहयोग मिल्ने आयोगले विश्वास गरेको छ ।" जारी विज्ञप्तिमा भनिएको छ । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis