Incident Reports

रकुम झडपमा पाँच घाइते

2017-06-26

Lumbini, Rukum East, Sisne, Ward 5

सिस्ने गाउँपालिका–५ मा नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०का कार्यकर्ताबीच गए राति भएको झडपमा पाँच जना घाइते भएका छन् । झडपका क्रममा काँग्रेसका दुई र माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । माओवादी केन्द्रका कार्यकर्ता कोठामा बसिरहेका अवस्थामा काँग्रेसका कार्यकर्ता गएपछि झडप भएको माओवादी सिस्ने गाउँपालिकाले जिकिर गरेको छ । काँग्रेसले भने आफ्ना कार्यकर्ता बाटामा हिँडिरहेको अवस्थामा वाइसिएलले आक्रमण गरेको बताएको छ । झडपका क्रममा काँग्रेसका टोपबहादुर शाही र रेशम बुढाथोकी तथा माओवादी केन्द्रका श्रीकुमार बुढाथोकी, गोरबहादुर थापा र केशव थापा घाइते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये काँग्रेसका रेशमलाई जिल्ला अस्पतालमा सामान्य उपाचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने अरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 5
National/Online Media

0 Comments

Related Reports