Police held four activists of Netra Bikram Chand led Communist Party of Nepal; involved in anti-election activities. Dhankuta Incharge Aakash and Rajan, District member as well as Area Incharge were detained while making plans for obstructing election and abducting candidates last Sunday from Sindhuwa Bajar of Dhankuta district. According to Police Inspector Rajbhandari, police held Rana Bahadur Rai on Monday night and Karna Gyewali originally from Surkhet on Tuesday evening while conducting anti-election activities at Ankhi Salla of Khalsa Sahidbhumi Chintang rural municipality.
निर्वाचनमा अवरोध गर्ने र उम्मेदवार अपहरण गर्ने तयारीको योजना बनाइरहेको अवस्थामा प्रहरीले धनकुटाको सिन्धुवा बजारबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपा धनकुटाका इन्चार्ज आकास र जिल्ला सदस्य एवं नगर इन्चार्ज राजनलाई गत आइतबार पक्राउ गरेको थियो । प्रहरी उपरीक्षक राजभण्डारीका अनुसार सोमबार राति खाल्सा सहिदभूमि छिन्ताङ गाउँपालिका आँखीसल्लामा निर्वाचन विरोधी गतिविधि सञ्चालन गरिरहेका रण बहादुर राई र मङगलबार साँझ सुर्खेत घर बताउने कर्ण ज्ञवालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।