Incident Reports

मतदानस्थल नजिकै भेटिएको स्वीच बम सेनाद्वारा निष्कृय

2017-06-27

Province 1, Terhathum, Laligurans, Ward 5

लालिगुराँस नगरपालिका-५ दागपा स्थित सिंहबाहीनी मावि मतदान केन्द्र नजिकै भेटिएको विष्फोटक पदार्थ नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ । मतदान केन्द्र भन्दा ५ सय मिटर उत्तर तर्फो खालीचौरमा रेडबुलमा विष्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो । असार १३ गते बिहान १० बजे रेडबुलमा राखिएको घरेलु ‘बिकेआईडी विष्फोटक पदार्थ’ आफै बिस्फोट भएको थियो । विष्फोटबाट मानवीय र भौतिक क्षति नभएको प्रहरीले जनाएको छ । मतदान केन्द्र नजिकै रेडबुलमाम राखिएको ‘स्वीच बम’ पड्किएपछि सुरक्षाकर्मीले अर्को ‘रेडबुल बम’ फेला पारेका थिए । बम फेलापरेपछि टुटे देउरालीबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको मतदान सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले बताएका छन् । बम कसले राख्यो भन्ने अहिलेसम्म थाहा भएको छैन । बम राखेर आतङ्कित पार्ने समूहको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Sarlahi

0 Comments

Related Reports