Incident Reports

खुकुरी प्रहार गरी पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार

2017-06-27

Madhes, Siraha, Bhagawanpur, Ward 1

सिरहाको भगवानपुर गाउँपालिकामा असार १३ गते दिउँसो भगवानपुर गाउँपालिका-१ की २९ वर्षीया रामकला यादवलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनका ३० वर्षीय पति बालकृष्ण यादवलाई गिरफ्तार गरेको छ । घरायसी विवादमा बालकृष्णले प्रहार गरेको खुकुरी घाँटीमा लागेर रामकलाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले जानकारी दिए । मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याइएको डिएसपी पाण्डेले बताए । पत्नीको हत्या गरेको घटनाका आरोपित बालकृष्ण लागुऔषध मुद्दामा जेल सजाय भुक्तान गरी केही दिनअघि मात्र घर फर्केका थिए । दुई छोरी र एक छोराकी आमा रामकलाको बालकृष्णसँग करिब ९ वर्षअघि विवाह भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , Local Newspaper - Morang , Local Newspaper - Siraha , Local Newspaper - Sarlahi , Local Newspaper - Mahottari

0 Comments